रुनीको अन्तराष्ट्रिय फुटबलबाट सन्यांस घोषणा

Advertisement

एजेन्सीः इंग्ल्याण्डका राष्ट्रिय फुटबल टोलिका पुर्व कप्तान तथा सर्वाधिक गोलकर्ता वायन रुनीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

पछिल्लो खेलमा उनले विश्वकप छनोट अन्तरगत स्कटल्याण्ड विरुद्ध खेलेका थिए । प्रशिक्षकले उनलाई विश्वकप छनोट अन्तर्गत माल्टा र स्लोभाकियासँगको खेलका लागि सोधेका थिए । तर, उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।

रुनीले राष्ट्रिय टोलिका लागी ११९ खेल खेल्दै सार्वाधिक ५३ गोल गरेका छन् । उनी म्यानचेष्टर युनाइटेडका पूर्व कप्तान समेत रहेका थिए । उनले १७ बर्षको उमेरमा अस्ट्रेलियाविरुद्को खेलबाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

Advertisement

Advertisement

Advertisement