भृकुटीमण्डपमा 'दशैंको बेला, सस्तो मेला' हुने

Advertisement

काठमाडौँ: नजिकिंदै गरेको हिन्दुहरुको महान चाड दशैको अवसर पारेर राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला-२०७४ हुने भएको छ ।

'दशैंको बेला, सस्तो मेला' नारा दिइएको मेलालाई इभेन्ट सोलुसनले आयोजनाको जिम्मा लिएको छ । मेला भदौ २१ गतेदेखि २६ गतेसम्म संचालन हुनेछ ।

कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एपलाइन्सका कारोबार हुनेछ । सयभन्दा बढी स्टल रहने यस मेलामा दशैंकालागि आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट विशेष छुटमा उपलब्ध हुने आयोजकले जनाएको छ ।

६ दिन सम्म चल्ने यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले केहि दिन भित्र सबै स्टल बुक भइसक्ने बताए । उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्बसाधारण आउने अनुमान गरिएको संयोजक जोशीले बताए । ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकले गरेको छ ।

Advertisement

Advertisement

Advertisement