देउवा-मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता, कुशाहा-कटैया प्रसारण लाइनको उद्दघाटन हुने

Advertisement

काठमाडौँ: भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्ना समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएको छ।

कोही कसैलाई पनि सहयोगी नराखी देउवा र मोदीबीच हैदरावाद हाउसमा बिहीबार दिउसो भेट भएको हो ।
उनीहरुबीच आधा घण्टा औपचारिक भेटवार्ता भएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

दुबै देशका सरकार प्रमुखबीचको औपचारिक भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । यही वार्तापछि नेपाल र भारतबीच द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ ।

कार्यक्रम पश्चात नेपाल-भारत प्रसारण कुशाहा कटैया प्रसारण लाइनको पनि देउवा र मोदीले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement