सेयर बजारमा तीजको प्रभाव, नेप्से साढे छ अंकले उक्लियो

Advertisement

काठमाडौंः हरितालिका तीजको दिनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर बजार परिसुचक नेप्से बिहीबार साढे छ अंकले उक्लिएर एक हजार ६१७ दशमलव ८१ अंक कायम भएको छ ।

होटल समूहमा गिरावट आए पनि बाँकी समूहको उपसुचकमा भने सकारात्मक छ । सबैभन्दा बढि जलविद्युत र उत्पादनमूलक समूहमा एक प्रतिशतभन्दा बढिको वृद्धि छ भने बाँकीमा एक प्रतिशतभन्दा कम छ । बुधबार नेप्से १७ दशमलव २५ अंकले घटेको थियो ।

आज जम्मा ६३ करोड ७५ लाख रुपियाँको सेयर किनबेच भएकोमा सिटिजन्स बैंक एक्लैको पाँच करोड ७७ लाख रुपियाँको सेयर खरिद बिक्री भएको छ । आज धेरै नाफा गर्नेमा हिमालय डिष्ट्रिलरी, न्याग्दी ग्रुप पावरका लगानीकर्ता अगाडि छन् भने घाटा खानेमा घाटा खानेमा जनरल फाइनान्सका लगानीकर्ता प्रमुख छन् ।

Advertisement

Advertisement

Advertisement