विश्वज्योती मलमा फेस्टिभ कार्निभल शूरु,५० प्रतिशतसम्म छुट

Advertisement

काठमाडौंः राजधानीको जमलमा रहेको विश्वज्योती मलमा विहीबारदेखी फेस्टिभ कार्निभल सुरु भएको छ । नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गरी मलले कार्निभल सुरु गरेको हो । कार्निभल अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले ५० प्रतिशतसम्मको छुट पाउने बताइएको छ ।
भदौ २० गतेसम्म चल्ने कार्निभल अवधिमा प्रवेश गर्ने बित्तकै मिल्ने निःशुल्क कुपन बितरण गर्ने जनाइएको छ । उक्त कुपनबाट मल पुग्ने जो कोहीले पनि गोलाप्रथाबाट साप्ताहिक रुपमा मोबाइल फोन, दैनिक रुपमा सपिङ भौचर तथा लञ्च कुपनका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्न सक्ने छन् ।

एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका मलको तेस्रो तल्लामा विश्वज्योती मोबाइल मार्ट यस अघि नै सञ्चालनमा आएको छ । यसका साथै मलमा पुरुषका लागि ब्राण्डेड लुगा, सर्टिङ सुटिङ, महिलाहरूका लागि गरगहना तथा बुटिक र बालबालिकाका लागि खेलौनाका पसल र विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स सामानका पसल रहेका छन् । साथै, डिपार्टमेण्टल स्टोर, कफी शप लगायतका ४० भन्दा बढीसंख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् ।

Advertisement

Advertisement

Advertisement