मोदीसँगको पत्रकार सम्मेलनमा देउवाले भने, 'मार्फ गर्नुहोला मेरो घाँटी खराव छ'

Advertisement

काठमाडौंः भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्धिपक्षीय वार्ता र समझदारी गरेपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो घाँटी खराव रहेको खुलासा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्न क्रममा अन्तिमतिर उनले भने, 'सरी आइ ह्याभ ब्याड थ्रोट' (माफ गर्नुहोला मेरो घाँटी खराव छ) । पटक पटक पानी पिउँदै बोलेका देउवाको सम्बोधनमा बढी हतासा र अकमकिएको देन्थ्यिो भने मोदीले धक फुलाएर सरल ढंगले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री मोदीले नेपालमा स्थानीय तहको निर्वाचन दुई चरणमा भएकोमा बधाई दिएका थिए । उनले नेपालमा प्रजातन्त्र र स्थायित्व कायम हुने भारतको आशा रहेको भन्दै एउटा असल छिमेकीको रुपमा नेपालको विकासमा सहयोग गर्न भारत सधैं तयार रहेको बताएका थिए । मोदीले नेपालको नयाँ संविधानको सफलताको लागि समेत कामना गरे ।

उनले दुई देशको सम्बन्धलाई नयाँ रुपले अगाडि बढाउन आफूहरुबीच विशेष छलफल भएको भन्दै हिमालय जति कै पूरानो मित्र नेपाललाई भारतले जुनसुकै अवस्थामा पनि साथ दिने बताए ।

यता प्रधानमन्त्री देउवाले आफूले संविधान संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाउन प्रयास गरे पनि संसदमा दुई तिहाई बहुमत नपुगेको भन्दै संविधान संशोधन हुनेमा आशावादी रहेको समेत बताए ।

उनले आफूलाई अरुण ३ को शिलान्यासको लागि निम्ता दिएकोमा आभार प्रकट गरे । देउवाले नेपालको बाढी प्रभावित क्षेत्रमा भारतको तर्फबाट हरेक किसिमको सहयोग रहने प्रतिवद्धता समेत जनाए । उनले कटैया–कुशवाहा र रक्सौल– परवानीपुर विद्युत प्रशारण लाईन विस्तार भएकोमा मोदी सरकारलाई धन्यवाद समेत दिए ।

Advertisement

Advertisement

Advertisement