रोनाल्डो तेस्रो पटक युएफा बर्ष खेलाडी

Advertisement

एजेन्सीः रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै यस वर्षको युएफा वर्ष खेलाडी भएका छन्। साथै उनले यो वर्षको उत्कृष्ट फर्वाडको उपाधि पनि हात पारेका छन् ।

च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन्। रोनाल्डोले ४८२ प्वाइन्ट्स, मेसीले १४१ प्वाइन्ट्स र बुफोनले १०९ प्वाइन्ट्स प्राप्त गरेका छन्।

लगातार दुई पटक च्याम्पियन्स लिग जितेको रियल मड्रिडका लागि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १२ गोल गर्दै प्रतियोगितामा सर्वाधिक गोलकर्ता भएका थिए। लालिगामा भने उनले ४६ खेलमा ४२ गोल गरेका थिए । यो उपाधीसँगै रोनाल्डो तीन पटक युएफा वर्ष खेलाडी घोषित भए ।

मेसीले भने दुई पटक युएफा वर्ष खेलाडीको अवार्ड जितेका छन्। युभेन्टसका गोलरक्षक बुफोनले वर्षको उत्कृष्ट गोल रक्षकको अवार्ड हात पारे।त्यस्तै रियल मड्रिडका डिफेन्डर सर्जिओ रामोसले उत्कृष्ट डिफेन्डरको उपाधि हात पारे भने रियलकै अर्का खेलाडी लुका मोद्रिकले उत्कृष्ट मिडफिल्डरको उपाधि जिते।

महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् ।

Advertisement

Advertisement

Advertisement