अदालतमा उपस्थित हुन नमानेपछि थाईल्याण्डकी पूर्व प्रम यिन्लकमाथि पक्राउ पूर्जी जारी

Advertisement

थाईल्याण्ड: पटक-पटक अदालतलाई झुटो बोल्दै उपस्थित हुन नमानिरहेकी थाईल्याण्डकी पूर्व प्रधानमन्त्री यिन्लक शिनावात्रालाई शुक्रबार त्यहाँको अदालतले आज पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।

दुई वर्ष अघि एक चामल खरिद काण्डमा उनले देशलाई अर्वै डलर नोक्सान गराएको भन्दै थाईल्याण्डको उच्च अदालतले उनले अदालतमा हाजिर हुन भनेको छ।

उनको वकिल नोराविट लार्लिंगका अनुसार यिन्लक बिरामी परेको कारण शुक्रबार पनि अदालतमा उपस्थित हुन नसक्ने बताइन। तर यिन्लक साच्चिकै बिरामी परेको प्रमाण अर्थात् अस्पतालको प्रमाणपत्र भने देखाउन सकिनन् । "यिन्लक थाईल्याण्डमै छिन् या बाहिर त्यो मलाई पनि थाहा छैन," वकिलले भनिन् ।

दुई वर्षअघि अदालतले उनलाई ९ लाख अमेरिकी डलर जमानत मागेको थियो । यस चामल खरिद काण्डमा उनी दोषी ठहरिए १० वर्ष जेल सजाय हुने छ । उनको अर्को सुनुवाइ सेप्टेम्बर २७ को लागि तोकिएको छ।

Advertisement

Advertisement

Advertisement