एलजीले ल्यायो लामखुट्टे भगाउने टेलिभिजन, मानिसलाई कुनै हानी नगर्ने

Advertisement

काठमाडौंः एलजीले लामखुट्टेबाट जोगिन टेलिभिजनहरुको नयाँ माध्यम बजारमा ल्याएको छ । मानिसहरुले सास फेर्दा हावामा फ्याक्ने कार्बनडाईअक्साइड महसुस हुनासाथ लामखुट्टेहरु मानिसतर्फ आकर्षित हुन्छन् । यस्ता लामखुट्टे धपाउन एलजीले ध्वनी सम्बन्धी उपकरणहरु जडित टेलिभिजन बजारमा ल्याएको हो ।

जसले चालु हुना साथ लामखुट्टेको महसुस गर्ने शक्तिलाई अशक्त बनाउछ र लामखुट्टेलाई धपाउदै मानिसलाई सुरक्षा दिन्छ । लामखुट्टेरहित यन्त्र जडित एलजी टेलिभिजनले उपभोक्ताको परिवारलाई लामखुट्टेबाट जोगाउनुको साथै अरु लामखुट्टेरहित साधनहरुको हानीकारक रसायनहरुबाट पनि जोगाउने चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

ध्वनी तरगंहरुले कुनै पनि विकरणहरु उत्पादन नगर्ने भएकाले योे हानीकारक पनि पनि रहेको जनाइएको छ । उक्त ध्वनी नसुनिने, नदेखिने र गन्धहीन हुनुका साथै मानवसँग मिलनसार पनि रहेको छ । वैश्विक संस्थाहरुको मापदण्ड बमोजिम पनि पूर्णरुपले सुरक्षित जनाइएको छ । टेलिभिजनलाई स्ट्यान्ड बाइ मोडमा राख्न पनि सकिन्छ ।

यस आश्चर्यचकित गुणका साथै सर्वश्रेष्ठ गुणस्तरीय चित्रका लागि ४३ इन्चको एचडी१०८०पी, आइपीएस सुचीपत्र र एक्सडी साधनहरुसहित डोल्बाई डिजिटल भएका २० र्वका शक्तिशाली ध्वनी र पातलो काँचको धारजस्तो धातुयुक्त बनोट पनि रहेको एलजी टेलिभिजनहरुले गिलोपना, धुलो, चट्याङ र लहरबाट सुरक्षा दिने भएकोले यसले सर्वश्रेष्ठ सुरक्षा दिने दावी गरिएको छ । यस टेलिभिजनमा स्मार्ट क्रिकेट एप खेल र अरु थुपै खेलहरु पनि रहेको भन्दै कम्पनीले इन्टरनेटबाट पनि डाउनलोड गर्न सकिने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement