अनशनबाट उठन नपाउँदै डा केसी पुगे सप्तरीका बाढी पीडितको उपचार गर्न

Advertisement

काठमाडौः स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाभित्रका विकृति अन्त्यका लागि संघर्ष गर्दै आएका डा. गोविन्द केसी २३ दिनको अनसनबाट उठनासाथै सप्तरी पुगेर बाढी पीडितहरुको उपचारमा सक्रिय भएका छन् । उनी त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ हुन ।

बाढीबाट प्रभावितहरुमा विभिन्न रोगहरुको संक्रमण बढेको समाचार आइरहेको बेला उनीहरुको उपचारका लागि बिहीबार सप्तरी पुगेका डा. केसीले कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ मा रहेको धर्मपुर उपस्वास्थ्य चौकीमा बसेर स्थानीयको उपचार गरे।

त्यस क्षेत्रको डोम, चमार, मुसहर बस्तीका बाढी पीडितहरुको स्वास्थ्य परीक्षण र उपचारमा उनी सक्रिय रहेको उनीसँगै गएका सहयोगी नारायण कँडेलले जानकारी दिए। पाँच जना सहयोगीका साथ सप्तरी पुगेका केसीले शुक्रबार बिहानैदेखि बिरामीको उपचार गरेर ‍औषधि लगायत आफूसँगै लगिएको लत्ता कपडा, खानेकुरा समेत वितरण गरे ।

उनले हाडजोर्नीका बिरामीको सामान्य ब्याण्डेज गर्नुका साथै अन्य बिरामीलाई औषधि वितरण गरे । बिहान सात बजेदेखि नै बिरामीको सेवामा खटिएका केसीले बेलुका ५ बजेसम्म साढे दुइ सय जनाको उपचार गरेका थिए। अझै केही दिन त्यही नै रहेर बाढी प्रभावितको उपचार सेवामा खटिने कँडेलले जानकारी दिए।

dr_govinda_kc_saptari

Advertisement

Advertisement

Advertisement