भारतीय कम्पनिको डीपिआर अध्ययन गर्दै सेना

Advertisement

काठमाडौंः भारतीय कम्पनीले तयार गरेको काठमाडौं-तराई फास्ट ट्रयाकको निर्माणको विस्तृत परियोजना प्रतिवेदन डीपीआर को अध्ययन् नेपाली सेनाले सुरुगरेको छ । भारतीय कम्पनी आईएल एण्ड एफसीको डीपीआर सम्भावना सेनाले अध्ययन थालेको छ ।

सरकारले दु्रतमार्गलाई ‘बूट’ प्रणालीमा निर्माण गर्ने गरी यो कम्पनीलाई डीपीआर तयार गर्न दिएको थियो । तर, दु्रतमार्ग सरकारले नै बनाउने निर्णय गरेपछि त्यो डीपीआर प्रतिवेदन त्यतिकै थन्किएको छ ।यदि सो डीपीआर अनुसार फास्ट ट्रयाक बनाउन सकिने देखिए त्यसलाई ग्रहण गरेर अघि बढ्ने योजना सेनाले बनाएको छ ।

भारतीय कम्पनीले आफूले तयार गरेको फास्ट ट्रयाकको डीपीआर सरकारले किन्नुपर्ने बताइसकेको छ । त्यसैले सो डीपीआर किनेर काम अघि बढाउन सकिन्छ वा सकिँदैन भन्नेबारे सेनाले छलफल र अध्ययन सुरु गरेको हो ।तयार गरिएको रिपोर्ट उपयुक्त नभए सेनाले आफैंले डीपीआर तयार गर्नेछ । तर, त्यसका लागि समय लाग्ने भएकाले तयारि डीपीआर लिने या नलिने भन्नेबारे सेनाले अध्ययन गरिरहेको छ ।

सेनाले दु्रतमार्गको काम अघि बढाउन विभिन्न पाँच स्थानमा निर्माण बेस क्याम्प खडा गरिसकेको छ । अहिले पनि मार्गका विभिन्न भागमा पहिरो हटाउने लगायतका काम भइरहेको छ ।सरकारले दु्रतमार्गको निर्माणको सबै जिम्मेवारी सेनालाई दिएको छ । सरकारले फास्ट ट्रयाकको कार्यबिधि पनि पारित गरिसकेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १४ गते शिलान्यास गरेको फास्ट ट्रयाकको निर्माण सुरु भएको ४ वर्षमा सकाउने लक्ष्य लिएको छ ।

 

Advertisement

Advertisement

Advertisement