प्रधानमन्त्रीसँग दिल्ली पुगेका एक व्यापारी भन्छन– व्यर्थको भ्रमण, बेकार लगियो हामीलाई

Advertisement

काठमाडौंः प्रधानमन्त्रीको भ्रमण दलका सदस्य एवम नेपाल एलपी ग्यास संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भ्रमणमा निजी क्षेत्रले भोग्दै आएको समस्या समाधानका दृष्टिकोणले उपलब्धहीन बनेको टिप्पणी गरेका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘सद्भाव भ्रमण मात्रै भएको भए निजी क्षेत्रलाई लानु नै हुँदैन्थ्यो । सद्भाव भ्रमण होइन भने हाम्रा समस्यालाई ठोस रुपमा उठाउनु पर्दथ्यो ।’ घिमिरेले आफूहरुको भ्रमण अर्थहिन भएको बताए ।

नेपालको पक्षमा ग्यास उद्योगीहरुको समस्यालाई राखिए पनि उनीहरुले प्राविधिक विषय भन्दै पन्छाएको तर नेपालले त्यसमा कुनै अडान लिन नसकेको घिमिरेले बताए । उनले भने, ‘हामीले समस्या भन्यौं, उहाँहरुले सुन्नु भयो तर कुनै जवाफ र निर्णय आएन ।’

घिमिरेले सरकारले समस्या समाधान गर्न नसक्ने हो भने आफूहरुले खरिद गरेको ग्यास बुलेटको क्षतिपूर्ति राज्यले दिनुपर्ने अन्यथा अनुमति दिलाउनको लागि ठोस पहल गर्नुपर्ने माग गरे । उनले निजी क्षेत्रको समस्या समाधानमा सरकारको तयारी कमजोर रहेको टिप्पणी गरे ।

Advertisement

Advertisement

Advertisement