पर्यटन व्यवसायीद्वारा बाढी प्रभावित ४३ घर परिवारलाई राहत वितरण

Advertisement

 

पोखरा: पोखरा पर्यटन परिषद् प्राकृतिक सहयोग समितिले भरतपुर महानगरपालिका–१३ को पटियानीका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको छ ।

सो अवसरमा ४३ घर परिवारलाई खाद्यान्न, म्याट्रेस, झुल र ब्ल्याङ्केट तथा ५९ जना विद्यार्थीलाई पोशाक र सिलाइ खर्चसहित रु तीन लाखभन्दा बढीको राहत सामग्री प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बाढीपीडितलाई राहत सामग्री वितरण गर्दै नगरपालिकाले बाढीको तथ्यांक संकलन गरी विभिन्न तीन चरणमा समस्या समाधान गर्ने तयारीमा जुटेको जानकारी दिए ।

“नगरपालिकाका महत्वपूर्ण पर्यटकीयस्थानमा पर्यटन प्रवद्र्धन गरी स्थानीय जनताको आर्थिक समृद्धिसँग जोड्ने बताउँदै उनले सहकार्यका लागि पोखराका पर्यटन व्यवसायीसँग आग्रह गरे ।”

कार्यक्रममा उपप्रमुख पार्वती शाहले बाढीका कारण दुःखमा परेकालाई निःस्वार्थ र पवित्र भावनाले मलमपट्टी लगाएर पोख्रेली पर्यटन व्यवसायीले ठूलो गुन लगाएको बताए ।

प्राकृतिक सहयोग समितिका संयोजक गणेशबहादुर भट्टराईले पोख्रेली पर्यटन व्यवसायीले संकलन गरेको लगभग रु २४ लाख बराबरको राहत सामग्री चितवनको सौराहा बच्छौली, गोलाघाट जितपुर, माडी नगरपालिका र नवलपरासीको सुस्तालगायतका विभिन्न स्थानमा वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार छुट्टाछुट्टै चार टोलीमार्फत वितरण गरिने राहत सामग्रीमा तत्काल आवश्यक चामल, तेल, नून, दाल, म्याटे«स, झुलसहित एक हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको हो ।

बाढीबाट ठूलो क्षति नभए पनि स्थानीय बासिन्दाले संकलन गरेर राखेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा बगाउँदा जीविकोपार्जनमा अप्ठ्यारो परेको स्थानीय बासिन्दाले गुनासो गरेका थिए । रासस

Advertisement

Advertisement

Advertisement