बुद्ध जन्मिएका देशका प्रधानमन्त्रीले बुद्धले ज्ञान प्राप्त गरेको बोधगयाको भ्रमण गरे

Advertisement

बिहार (भारत) : भारतको पाँच दिने औपचारिक भ्रमणको अन्तिम दिन प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ विहारको वोधगयामा विशेष पूजा र अवलोकन गरेका छन् ।

गौतम बुद्ध जन्मिएको मुलुकका प्रधानमन्त्री देउवाले बोधगयाको भ्रमण गर्ने इच्छा प्रकट गर्नुलाई कतिपयले अर्थपूर्णरुपमा लिएका छन् । विहार नेपालसँगै सीमा जोडिएको राज्य हो । उनी आजै साँझ दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीसहितको टोली बिहान १० बजे वोधगया पुगेर पुजा गर्नुका साथै केही समय बुद्धले ज्ञान प्राप्त गरेको स्थलको अवलोकन गरेका थिए । वोधगया मन्दिर तथा धार्मिकस्थलको अवलोकनपछि देउवाले बुद्धको लोकप्रयिता संसारभरि नै बढ्दै गएको भन्दै नेपाल र भारतमा मात्र होइन, संसारभरी युरोप र अमेरिकामा समेत यस धर्मका अनुयायीहरु बढिरहेको बताए ।

देउवाले भने, ‘बुद्ध नेपालमा जन्मनु भयो र यहाँ आएर ध्यान गरेर ज्ञान प्राप्त गर्नु भयो र यो ज्ञान अहिले संसारभरि नै फैलिएको छ ।’ बोधगया मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा लेख्दै उनले बुद्धको ज्ञानले आगामी पुस्ताहरुलाई पनि प्रेरणा दिइरहने उल्लेख गरेका छन् ।

भारतको आन्द्र प्रदेशमा रहेको तिरुपति मन्दिरको दर्शन गर्दै विहार पुगेका देउवाले शनिबार साँझ विहारका मुख्यमन्त्री नितिश कुमारसँग भेटवार्ता गरेका थिए । भेटमा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नउठाएको भारतीय बाँधका कारण नेपाली भूभाग डुबानको परेको र बाढीपीडितले राहत नपाएको समस्या नितिशसँग उठाएका थिए ।

Advertisement

Advertisement

Advertisement