नेपालीकै लगानीमा कतारमा मेडिकल सेन्टर सञ्चालन, उपचारमा भाषागत समस्या अब नहुने

Advertisement

दोहा (कतार): लाखौं नेपालीहरुले कार्यक्षेत्र बनाएको कतारमा नेपालीहरुको लगानीमा नेपालीहरुलाई नै लक्षित गरी पहिलो पटक ‘कान्तिपुर मेडिकल सेन्टर’को नाममा स्वास्थ्य संस्था (क्लिनिक) स्थापना गरिएको छ ।

कतारस्थित सफल नेपाली व्यवसायिकहरु विकास प्रसाईं र आरके शर्माको लगानीमा आइतबारदेखि मेडिकल सेन्टर सञ्चालनमा आएको हो । कतारका लागि नेपाली राजदूत प्राडा रमेश कोइरालाले यसको उदघाटन गरे । प्रसाईं र शर्माले कतारको विशेषगरी निर्माण क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् ।

चार लाख ५० हजार नेपाली कार्यरत रहेको अनुमान कतारमा भाषागत समस्याले नेपालीहरुलाई उपचारमा समस्या भइरहेको कुरालाई दृष्टिगत गरी दक्ष नेपाली चिकित्सक एवं स्वास्थ्यकर्मीहरुले सेवा दिनेगरी कान्तिपुर मेडिकल सेन्टर सञ्चालन गरिएको यसका एक प्रवन्ध निर्देशक विकास प्रसाईंले बताए ।

उनले भाषागत समस्याका कारण ठूलो संख्याले नेपालीहरुले उपचारमा भोग्दै आएको समस्या समाधानको लागि क्लिनिक स्थापना गरिएको भन्दै यसलाई गल्फका अन्य मुलुकहरुमा पनि विस्तार गर्ने योजना रहेको बताए ।

मेडिकल सेन्टरको स्पोन्सरको रुपमा कतारी नागरिकहरुद्धय मोहमद खालिद अल–खत्तर र इस्सा अल कुवारी अध्यक्ष छन् । उदघाटन कार्यक्रममा गैरआवासीय नेपाली संघका अगुवा तथा व्यवसायी सहभागी थिए ।

बारुवा सेन्टरको छेउमा एन खालिद रोडमा रहेको यस क्लिनिकमा आफ्नै मातृभाषामा कुरा गर्दै पारिवारिक बाताबरणमा उपचार गर्न सकिने हुँदा कतारमा आएर पेश व्यवसाय गर्दै आएका नेपालीहरुको मानसिकरुपमा पनि राहत महशुस गर्ने विकास प्रसाईको भनाई छ ।

   

Advertisement

Advertisement

Advertisement