प्रिमियर लिगमा चेल्सीको लगातार दोस्रो जित

Advertisement

एजेन्सीः साबिक बिजेता चेल्सीले प्रिमियर लिगमा आइतबार एभरटनलाई पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । एभरटनलाई २–० ले पराजित गर्दै लिगमा तिन खेलबाट चेल्सीले ६ अंक जोडेको छ ।

फाब्रिगासले चेल्सीका लागी २७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको समय सकिन लाग्दा मोराटाको हेड गोलमाा चेल्सीको अग्रता दोब्बर भयो । उनले सेजार एज्पिलिक्वेटाको क्रसमा हेडर गोल गरेका थिए ।

साथै वेस्ट ब्रुम र स्टोक सिटीले खेल १–१ को बराबरीमा टुंग्याए । जे रोड्रिग्वेजको गोलसँगै ६१ औं मिनेटमा वेस्ट ब्रुमले लिएको अग्रता जोगाउन नसक्दा स्टोकका पिटर क्रचले ७७ औं मिनेटमा खेल बराबरीमा ल्याइदिएका थिए ।

यसअघि मार्कस रासफोर्ड र मउरोने फेलानीले सब्स्टिच्युटबाट आएर गोल गरेपछि म्यानचेस्टर युनाइटेडले लिगमा लेस्टर सिटीविरुद्ध जित निकाल्दै उत्कृष्ट लय कायमै राख्यो । लेस्टरले बलियो चुनौती पेस गरेपनि गोल गर्न सकेन् । गोलरक्षक कास्पर स्माइकलले लुकाकुको पेनाल्टी प्रहार बचाएका थिए । हडर्सफिल्ड टाउन र साउथ ह्याम्पटनले गोलरहित बराबरी खेलेपछि जोसे मोउरिन्होको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा रहन सफल भएको छ ।

Advertisement

Advertisement

Advertisement