देवः विकास बैंकले १७.१ प्रतिशत बोनस सेयर दिने

Advertisement

काठमाडौंः देवः विकास बैंकले १७.१५ बोनस सेयर र कर तिर्न ०.९५ नगद लाभांश दिने भएको छ । आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने निर्णय गरेको हो ।

यो निर्णय नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ४४ करोड ४९ लाख ८४ हजार रुपैयाँ छ । चुक्ता पुँजी वृद्धि गर्न देवः बिकास बैंकले साझा विकास बैंक, युनियन फाइनान्स र सहारा विकास बैंकलाई एक्वायर गर्ने प्रक्रियामा छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले २८ करोड ९४ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको प्रतिसेयर आम्दानी वार्षिक २० रुपैयाँ ३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ९७ पैसा छ ।

Advertisement

Advertisement

Advertisement