ङादी ग्रुप पावरको हकप्रद र बोनस शेयर प्रस्ताव

Advertisement

काठमाडौं: ङादी ग्रुप पावर कम्पनी लिमिटेडले सोमबार आफ्ना लगानीकर्तालाई बोनस शेयर वितरणपछि हकप्रद शेयरको आबेदन खुला गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको आज बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयरपछि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो। नेप्सेलाई गराइएको जानकारी अनुसार कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव बोर्ड बैठकबाट जनाएको हो ।

कम्पनीले यस बारेको निर्णय भने आउँदो साधारणसभाले पारित गर्नेछ ।

 

Advertisement

Advertisement

Advertisement