आकर्षक अफरसहित टिभिएसको एक्सचेन्ज मेला जावलाखेलमा जारी

Advertisement

काठमाडौंः ‘गुडे पनि नगुडे पनि २५ हजार पाइन्छ नि’ नामक टिभिएसको एक्सचेन्ज मेला जावलाखेल ग्राउण्डमा जारी छ । भदौ १० देखि १३ सम्म आयोजना हुने चार दिने मेलामामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

मेला अवधिभर सवारीधनीहरुले आफुसँगै भएको कुनै दुई पाङ्ग्रे सवारीसाधन उत्कृष्ट मुल्यमा एक्सचेन्ज गरी टिभिएसको बजारमा उपलब्ध कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन । सवारीधनीसँग भएको कुनै पनि दुई पाङ्ग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मुल्य प्रदान गर्नु नै यस मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको जनाइएको छ ।

ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखी कम्पनीले जावलाखेल लगायत भक्तपुर, चौतारा, ग्वार्को, खुशीवुर बनेपामा पनि सोही मेला आयोजना गर्दैछ ।

Advertisement

Advertisement

Advertisement