मुम्बईमा भारी वर्षा, हालसम्म पाँच जनाको मृत्यु

Advertisement

मुम्बई: भारतको मुम्बईमा जारी भारी वर्षाका कारण दुई छुट्टा-छुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ । शहरको विक्रोली र ठाणे क्षेत्रमा दुई घर भत्कंदा पाँच जनाको मृत्यु भएको हो ।

त्यहाँको मौसम विभागले मुम्बाई र नजिकका क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । चेतावनीपछि त्यहाँको राज्य सरकारले बुधबार शहरमा रेड अलर्ट जारी गरेको छ ।

भारी वर्षापछि स्कुल र कलेज समेत बन्द गरिएको छ । मुम्बई सरकारले मानिसहरुलाई सुरक्षित स्थानमा आश्रय लिन समेत आग्रह गरेको छ ।

Advertisement

Advertisement

Advertisement