साना किसान विकास बैंकको सिइओमा डा. शिवराम कोइराला नियुक्त

Advertisement

काठमाडौंः साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा डा. शिवराम कोइराला नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले कोइरालालाई चार बर्षका लागि नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधी गरेका हुन । कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका कोइरालाले यस बैंकको संस्थापक कर्मचारीको रुपमा नौ वर्ष योगदान गरिसकेका छन् । विगत डेढ वर्षदेखि साना किसान विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत उनी वित्तीय दिगो विकास एवं लघुवित्तका जानकार मानिन्छन ।

जलनकुमार शर्माले साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा आठ वर्षे कार्यकाल मंगलबार मात्रै पूरा गरेपछि सञ्चालक समितिले उक्त ठाउँमा कोइरालालाई नियुक्त गरेको हो ।

Advertisement

Advertisement

Advertisement