नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक १६ सय तल

Advertisement

काठमाडौँ: साताको पहिलो दिन आइतबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक पछिल्लो दुई दिन लगातार ओरालो लाग्ने क्रम जारी रहंदा बुधबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ।

आज नेप्से परिसूचक १४ दशमलव ५५ अंकले घटेर एक हजार ५ सय ९८ दशमलव ३६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । सोमबार भने ९ दशमलव ४१ अंकले सेयर बजार घटेको थियो । मंगलबार कारोबार सार्वजनिक बिदाको कारण बन्द थियो ।

परिसुचक घटेसँगै बुधबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्श ३ दशमलव ३७ अंकले घटेर ३३४ दशमलव ९८ अंकमा पुगेको छ ।

नेप्से परिसुचकमा गिरावट आएपनि बुधबार कारोबार रकममा भने सोमबारको तुलनामा बढी हो । सोमबार ९० करोड ९३ लाख ५७ हजार एक सय रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज यो रकम बढेर ९७ करोड ८३ लाख ४१ हजार ५ सय ७९ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

आज छिमेक लघुवित्तको शेयर सबैभन्दा बढी ६ करोड ५५ लाख रुपियाँमा कारोबार भयो ।

बुधबार कारोबारमा आएका आठ समूहमध्ये उत्पादन तथा प्रशोधन र अन्य बाहेकका सबै समूह ओरालो लागेका छन् । जसमध्ये बीमा समूहमा सबैभन्दा बढी १ सय ६ दशमलव २६ अंकले गिरावट आएको छ । त्यस्तैं होटल २२ दशमलव ७३ अंकले, जलविद्युत २१ दशमलव २९ अंकले, बैंकिङ १६ दशमलव ७७ अंकले, फाइनान्स ७ दशमलव ०८ अंकले र विकास बैंक समूह ३ दशमलव ७६ अंकले घटेका छन् ।

उकालो लाग्ने दुई समूह उत्पादन तथा प्रशोधन समूहमा १२ दशमलव ३९ अंक र अन्य समूह २ दशमलव ३ अंकले बढेको वृद्धि देखिन्छ ।

आज सबैभन्दा धेरै बढ्ने कम्पनीहरुमा प्राईम कमर्सियल बैंकको प्रमोटर शेयर रहेको छ । यसको शेयर मूल्य करिब ८ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा सिद्धार्थ इन्भेष्टमेन्ट ओरिन्टेट स्किम रहेको छ ।

Advertisement

Advertisement

Advertisement