सुनको मूल्य तोलामा २०० ले घट्यो, बुधबार ५६ हजार ३ सयमा कारोबार

Advertisement

काठमाडौंः स्थानिय बजारमा सुनको मूल्य बुधबार २ सयले घटेर ५६ हजार ३ सय रुपियाँ कारोबार भएको छ । यसअघि सोमबार ५५ हजार ५ सय रुपियाँमा कारोबार भएको मुल्य मंगलबार एक्कासी बढेर ५६ हजार ५ सय रुपियाँ पुगेको थियो ।

कोरियाली प्रायदिपको तनाब केहि साम्य भएकाले बुधबार मुल्यमा गिरावट् आएको सुन व्याबसायि तेजरत्न शाक्य बताउँछन् । यसअघि मंगलबारको मुल्य एक वर्षयताकै सार्वाधिक महँगो हुनुको कारण उत्तर कोरियाको तनाब उत्र्कषमा पुग्नु थियो । उनका अनुसार अन्तराष्ट्रिय बजारको प्रभाव नेपाली बजारमा देखा पर्दा मुल्य घटबढ भएको हो ।

सुनको मूल्य वि.सं. २०६९ साल भदौ २० गते प्रतितोला ५९ हजार ९ सय रुपियाँसम्म पुगेको थियो । चाँदीको मूल्य प्रतितोला ७७० रुपियाँ कायम भएको छ।

Advertisement

Advertisement

Advertisement