एनआइसी एसियाको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं: एनआइसी एसिया बैंकको २० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले भदौ ३० गते वार्षिक साधारण सभा गर्न शुक्रबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।

सो साधारण सभाबाट बैंकले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५ नगद लाभांश दिने प्रस्ताव लाने छ ।

बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीलेमात्र लाभांश पाउनेछन् भने नयाँ लगानीकर्ताले बिहीबार नै एनआइसीको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ ।

हाल कायम सेयरधनी भने स्वतः लाभांशको हकदार हुनेछन् । बैंकले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी, चुक्ता पुँजी र जारी पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पेस गर्नेछ । \

त्यसै, सभाबाट सञ्चालकहरुको भत्ता, पारिश्रमिक र सुविधा वृद्धि गर्ने विशेष प्रस्ताव जानेछ । अहिले बैंकको चुक्ता पुँजी ६ अर्व ६९ करोड २५ लाख ९७ हजार रुपियाँ छ । बोनसपछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपियाँ ११ लाख १६ हजार पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।

Advertisement

Advertisement

Advertisement