प्रदेश नम्बर २ मा काँग्रेस–माओवादी होइन एमाले–माओवादी तालमेल हुन्छः रायमाझी

Advertisement

काठमाडौंः सत्तारुढ दल माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले २ नम्बर प्रदेशको निर्वाचनमा काँग्रेससँग नभई एमालेसँग तालमेल गर्ने खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं, यो विषयमा हामी छलफल गरेर एउटा टुँगोमा पुग्छौं ।’ यद्यपी उनले चुनावी तालमेलको लागि सबैसँग खुल्ला छलफल गर्ने यदि सहमति नभए पार्टीले एक्लै पनि चुनाव लड्ने स्पष्ट पारे ।

रायमाझीले चुनावको लागि भनेर पार्टीले अहिल्यै नै यो पार्टी वा त्यो पार्टी भनेर कुनै पार्टीलाई पनि प्राथमिकतामा नराखेको जिकिर गरे । उनले भने, ‘सबै पार्टी हाम्रो लागि प्राथमिकतामा छ । एमालेसँग पनि हामी तालमेल गर्छौं, संभावना छ ।’

उनले थपे, ‘माओवादीले जहिल्यै पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ, मधेसी, आदिवासी, जनजाति, थारु, महिला सबैको अधिकारको लागि अन्तिम समयसम्म पनि लड्ने पार्टी माओवादी हो, अहिले त्यसैले मधेसमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ ।’

Advertisement

Advertisement

Advertisement