कक्षा १२ का व्यवस्थापन, मानविकी र शिक्षा समूहको नतिजा सार्वजनिक

Advertisement

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी र शिक्षा समूहका परीक्षाहरुको नतिजा सार्वजनिक गरेको छ । विज्ञान समूहका परीक्षार्थीको गत साउनै नतिजा सार्वजनिक गरेको बोर्डले थप समूहको नतिजा बिहीबार सार्जजनिक गरेको हो ।

नजिताअनुसार यस बर्ष कक्षा १२ को उत्तीर्ण प्रतिशत घटेर ४२ दशमलव ३३ प्रतिशतमा सीमित भएको छ । गत वर्ष ४८ प्रतिशत उत्तीर्ण भएका थिए । नियमिततर्फ एक लाख ९३ हजार १२५ सहभागी भएकोमा ८१ हजार सात सय ५८ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै, आंशिकतर्फ एक लाख सात हजार ५६९ सहभागी भएकोमा ३८ हजार चार सय ४४ जना उत्तीर्ण भएका छन् । कक्षा १२ को परीक्षा गएको वैशाखबाट १० गतेबाट सञ्चालन गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement