व्यापार घाटा कम गर्ने एउटै उपाय उर्जा उत्पादन र निर्यात

Advertisement

काठमाडौंः नेपालको आर्थिक तथा औद्योगिक विकासका साथै व्यापार घाटा काम गर्ने एउटै उपाय पर्याप्त विद्युत उत्पादन जलस्रोत क्षेत्रका जानकारहरु बताउँछन । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको कार्यक्रममा भारतस“ग निर्यातको तुलनामा आयात १३ गुणा बढी रहेकाले त्यसलाई कम गर्ने उपाय उर्जाको निर्यात भएको उनीहरुले बताए ।

भारतसँगको कहाली लाग्दो व्यापार घाटा कम गर्न अन्य वस्तु उत्पादन गरेर संभव नरहेकाले भन्दै विज्ञहरूले नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा समेत परिभाषित उर्जा क्षेत्रको विकासमा राष्ट्रको सम्पूर्ण ध्यान जानुपर्ने बताए ।

करिव ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने पछिल्लो अध्ययनले देखाए पनि आठ सयको हाराहारीमा उर्जा उत्पादन हुनु हाम्रा लागि चिन्ताको विषय भएको भन्दै उनीहरूले उर्जा उत्पादनको हाम्रो सम्भाव्यताको अधिकतम दोहन हुनुपर्ने बताए ।

विश्व बैंक, नेपाल विद्युत प्राधिकरण, केपीएमजी भारत, उर्जा उत्पादक तथा विज्ञहरू र सरोकारवाला क्षेत्रको सहभागितामा आयोजित कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विद्युत उर्जा विकासमा अव ढिला गर्न नहुने बताए ।

आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरू पारित हुंदै गएको, राजनीतिक अस्थिरता पनि विस्तारै हट्दै गएको र स्थानीय निर्वाचन समेत भइसकेको पृष्ठभूमीमा अब नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ता तथा दातृ निकायहरूलाई आग्रह गरे ।

सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्ने नेपालको लक्ष्यलाई पुरा गर्न कम्तीमा ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिका लागि पनि पर्याप्त लगानी बढाउनै पर्छ । तुलनात्मक लाभका क्षेत्र भनि पहिचान गरिएका जलविद्युत, पूर्वाधार विकास लगायतका परियोजनाहरूमा सन् २०२० सम्म १८ विलियन अमेरिकी डलरसम्मको लगानी आवश्यकता पर्ने तथ्यांक सो अवसरमा प्रस्तुत गरियो ।

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले नेपालमा लगानीको अवस्थाः ऊर्जा र पूर्वाधार विषयक कार्यपत्र प्रस्तुत गर्दै राज्यले अगाडि बढाएका विद्युतका राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्न सरकार चनाखो हुनुपर्ने बताए । कार्यक्रममा विश्व बैंक, केपीएमजी भारत, विद्युत प्राधिकरण, उर्जा विज्ञहरू र सरोकारवालाहरूले उर्जा सम्बन्धी विश्वको परिदृष्य प्रस्तुत गर्दै नेपालको सम्भाव्यतालाईरुपान्तरण गर्नुपर्ने बताए ।

Advertisement

Advertisement

Advertisement