दशैंको लागि आजबाट सुपथ मूल्य पसल संचालनमा

Advertisement

काठमाडौँ: सरकारले चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि उपत्यकाका विभिन्न १३ ठाउँमा सुपथ मुल्य पसल सञ्चालन गर्ने भएको छ ।

चाडपर्वमा उपभोक्तालाई हरेक चाड पर्वमा दैनिक उपभोग्य वस्तुमा राहत दिन सुपथ मुल्इ पसल सञ्चालन गर्न लागिएको हो ।

सकारी स्वामित्वमा सञ्चालित नेपाल खाद्य संस्थान साल्ट्रटेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालाई सहुलियत दिन सुपथ मुल्य पसल सञ्चालन गर्न लोको आपुर्ति मन्त्रालयले जानकारी दिएको छ ।

कसमा कति छुट?
दुग्ध विकास संस्थानले उत्पादन गर्ने घ्यू र पनिरमा १० रुपियाँ छुट दिने निर्णय गरिएको छ ।

गेडागुडी र चामल प्रतिकेजीमा पाँच रुपियाँ र खसीबोकामा प्रतिकेजीमा १० रुपियाँ छुट दिइने तयारी भइरहेको बताए ।

उपत्यका बाहिर स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा संस्थानका डिपो र अञ्चल कार्यालयमार्फत पनि २५ ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने तयारी भइरहेको छ ।

साल्ट्र टे«डिङ कर्पाेरेसनले चिनी, नुन र खाद्यान्न सहुलियतमा बिक्री गर्नेछ ।

कर्पाेरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले चिनी प्रतिकेजी पाँच रुपियाँ, नुन प्रतिकेजीमा दुई रुपियाँ र अन्य खाद्यान्नमा दुई रुपियाँम्म छुट दिइने जानकारी दिइन् ।

उपत्यकाबाहिर आवश्यकताअनुसार थप सहुलियत पसल सञ्चालन गरिने उनले बताइन् । मन्त्रालयका अनुसार उपत्यकाको रामशाहपथ, थापाथली, नख्खु, जावलाखेल, बल्खु, टेकु, जडीबुटी, सूर्यविनायक, सतुंगल, नयाँ बानेश्वर र कालीमाटीमा सहुलियत पसल सञ्चालन गरिनेछ ।

 

Advertisement

Advertisement

Advertisement