सशस्त्रका सई जो १० वर्षदेखि त्रिवि विमानस्थलमा सरुवा नभई केवल सुन छुटाउन लागि पर्थे

Advertisement

काठमाडौं: नेपाल प्रहरी मात्रै होइन अव सशस्त्रका प्रहरी अधिकारी पनि त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाट हुने अवैद्ध सुन तस्करीमा संलग्न भएको पुस्टि भएको छ ।
गत महिनामात्रै दुई किलो सुनसहित नेपाल प्रहरी र राजस्व अनुशन्धानको टोलीले सशस्त्रका प्रहरी सई संजिव मानन्धर पक्राउ गरे पछि सो तथ्य खुलेको हो ।

मानन्धर सहित पक्राउ परेका अन्य दुई जना अहिले पुर्पक्षका लागि जेल चलन भएका छन् । यस अघि नेपाल प्रहरीको उच्च अधिकृत र भन्सार अधिकृतहरुमात्रै सुनको अवैध ओसार-पोसारमा देखिएको भए पनि अहिले सशस्त्रका कर्मचारीहरु पनि यस्तो कारोबारमा संलग्न भएको सयाद यो नै पहिलो घटना हो ।

गत १६ साउनमा प्रहरीले विमानस्थलबाटै दुई किलो सुनसहित सइ मानन्धर, लेखबहादुर रजाली र पार्वती गुरुङलाई पक्राउ गरेको थियो ।

रजालीले विदेशबाट ल्याएको सुन सइ मानन्धरले एयरपोर्टबाट पास गराउन खोज्ने क्रममा उनीहरू पक्राउ परेका थिए। थप अनुसन्धानका लागि तीनैजनालाई पुर्पक्षका लागि थुनामा पठाइएको भन्सार कार्यालय विमानस्थलका प्रमुख नारायण सापकोटाले जानकारी दिए ।

सइ मानन्धरले पटक–पटक विमानस्थलबाट सुन पास गराउने सूचनाका आधारमा प्रहरीले उनलाई पिछा गरी पक्राउ गरेको थियो ।

मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासी राकाचुलीका ३० वर्षीय लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए । प्रहरी अनुसन्धान अनुसार सो सुन पास गराउने जिम्मा सइ मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय गएकोमा प्रहरीलाई देखेपछि हच्किएका थिए । पछि पक्राउ परेका रजालीले उनीमार्फत नै आफूले सुन पास गर्न खोजेको बताएपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

रजाली र सइ मानन्धरबीच पटक–पटक फोनमा कुरा भएको प्रहरीले अनुसन्धानबाट खुलाएको छ । सशस्त्रका सइले पटक–पटक विमानस्थलबाट सुन तस्करीमा सहयोग गरेको बयान रजालीले दिएका छन् ।

उनी पछिल्लो ६ महिनामा १४ पटक मलेसिया तथा दुबई गइसकेका देखिएको छ । सुन तस्करीकै लागि उनी त्यसरी पटक–पटक विदेश जाने गरेको प्रहरी आशंका छ ।

उनले सुन आफ्नै भएको र प्रहरीसँग मिलेर तस्करी गर्दै आएको बयान दिएका छन् । बयानका क्रममा सइ मानन्धरले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि उनको संलग्नताको थप प्रमाण खोज्ने काम भइरहेको भन्सार प्रमुख सापकोटाले बताए । मानन्धर १० वर्षदेखि विमानस्थलमै कार्यरत थिए ।

Advertisement

Advertisement

Advertisement