रेडक्रस सोसाइटीको भूकम्पप्रतिकार्य कार्यक्रमबाट लाखौंको घरमा सौर्यबत्तिदेखि खानेपानीसम्म

Advertisement

काठमाडौंः नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत हालसम्म छ हजार ५३५ भूकम्प पीडित घर परिवारले पहिलो किस्तावापत ५० हजार रुपियाँ प्राप्त गरेका छन् ।

रेडक्रसले जनाएअनुसार भूकम्प पीडित घरपरिवारमध्ये एक हजार सातसय घर परिवारले एक लाख ५० हजार दरले दोस्रो किस्ता, ३२८ घर परिवारले ७५ हजारका दरले तेस्रो किस्ता प्राप्त गरेका छन् भने चार घर परिवारले २५ हजार रुपियाँका दरले चौथो किस्ता प्राप्त गरेका छन् ।

भूकम्प प्रतिरोधात्मक निर्माण तथा भवन संहितालाई आधार मानेर घर—भवन निर्माण गर्ने सम्बन्धमा चार हजार २११ डकर्मीहरुलाई तालिम दिइएको, सरकारी निकायका ६८ प्रविधिक कर्मचारीलाई सुरक्षित निर्माण तथा भवन निर्माण संहितासम्बन्धी तालिम दिइएको, एक हजार १८४ घरहरुको निर्माण कार्य सम्पन्न गरिएको रेडक्रसले जनाएको छ ।

त्यसैगरी सात वटा सरकारी विद्यालय भवनहरु निर्माण भइरहेको, करिव ५८ हजार ६९७ मानिसलाई सुरक्षित पुनःनिर्माणसम्बन्धी जानकारी दिइएको र एक लाख ३७ हजार ७०८ घर परिवारमा सौर्यवत्ति जडान गर्ने कार्य सम्पन्न गरिएको संस्थाले जनाएको छ ।

त्यसबाहेक करिव ९३ हजार ५२२ व्यक्तिलाई स्वच्छतासम्बन्धी सामग्रीहरुसहित जनचेतना जगाउने प्रचारप्रसार कार्य सम्पन्न गरिएको, प्रभावित क्षेत्रमा ४७ वटा नयाँ खानेपानी आपूर्ती व्यवस्थाको लागी निर्माणकार्य सम्पन्न भएको छ भने २० वटा पूराना खानेपानी आपूर्ती व्यवस्थाको सुदृढीकरण गरिएको छ ।

अपुग खानेपानीको व्यवस्था गर्न ५३ वटा नयाँ खानेपानी आयोजनाको निर्माण कार्य भइरहेको रेडक्रसले जानकारी दिएको छ । सरसफाई क्षेत्रतर्फ सर्सर्ती हेर्दा एक हजार १७० वटा नयाँँ चर्पी निर्माण भइसकेको छ भने थप एक हजार ९१५ वटा चर्पीहरुको निर्माण कार्य भइरहेको छ ।

त्यस्तै, १५ हजार ८४२ व्यक्तिहरुको लागी सफा पानीमा पहुँच होस भन्ने उद्देश्य अनुरुपकार्य अगाडी बनाइ्रएको भन्दै नेपाल रेडक्रस सोसाइटीले जनस्तरसम्म पुगेर भूकम्प प्रतिकार्य कार्यक्रमलाई अगाडि बढाइरहेको, त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा स्थानीय प्रभावित तथा गरिवहरुले सेवा पाइरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement