यात्रुहरुलाई असहज हुनेगरी दशैंमा २० किलोभन्दा बढी सामान बोक्न नपाइने

Advertisement

काठमाडौंः दशैंमा धेरै तौलको सामान बोकेर घर जाने नपाइने भएको छ । यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको सामान नपाउने भएका छन् । व्यवसायी र यातायात व्यवस्था विभागको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । त्यो भन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य उपाए गर्न विभागले सचेत गरेको छ ।

साथै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ । व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको अबस्थामा सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्न सकिने विभागले जनाएको छ । तर, यस्तो व्यवस्थाले उपभोक्तालाई नै असर गर्ने व्यवसायीले बताएका छन् ।

छतमा धेरै तौलका वस्तु राख्दा दूर्घटना बढेको भन्दै सरकारले गत वर्ष यात्रुवाहक सवारीको छत नै हटाएको थियो । तर, निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन । व्यवसायीले वैकल्पिक व्यवस्था नभएसम्मका लागि साविकको व्यवस्था कायम राख्न दवाव दिएपछि उक्त मागलाई सम्बोधन गर्न विभागले कार्यदल गठन गरीएको छ । साथै, आवश्यक कानूनी व्यवस्था गर्ने बचनवद्धता जाहेर गरेको छ ।

Advertisement

Advertisement

Advertisement