दुनियाँको कुनै शक्तिले प्रदेश नं. २ मा एमालेलाई पहिलो बन्नबाट रोक्न सक्दैनः महासेठ

Advertisement

प्रमुख प्रतिपक्षी दल एमालेका नेता रघुवीर महासेठले प्रदेश नम्बर २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लडेपनि पहिलो स्थान हाँसिल गर्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लवमा शुक्रबार महासेठले भने, ‘हामी तालमेल गरेपनि वा एक्लै चुनाव लडेपनि ४५ प्रतिशतभन्दा माथि नै मत ल्याउँछौं अर्थात २ नम्बर प्रदेशमा एमाले पहिलो शक्ति हुन्छ ।’ दुनियाँको कुनैपनि शक्तिले रोक्न खोजेपनि एमालेलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने उनको जिकिर छ ।

महासेठले असोज २ गतेको स्थानीय तहको चुनावमा काँग्रेससँग भने आफ्नो पार्टीले तालमेल नगर्ने स्पष्ट पारे । एमालेले आउने आइतबारसम्म १३६ वटै तहको उम्मेद्धवारको नाम टुँगो लगाउने समेत उनले जानकारी दिए ।

महासेठले थपे, ‘उम्मेद्धवार टुँगो लगाउने कुरामा हाम्रो पार्टीभित्र कुनै समस्या छैन, प्रायः धेरै ठाउँको भैसकेको छ, बाँकी हामी आईतबारसम्म टुँगो लगाउँछौं ।’ उनले काँग्रेसलाई मधसी दलको अर्को रुपको संज्ञा समेत दिए ।

उनले भने, ‘कांग्रेस आफ्नो कारणले भन्दापनि बाहृय शक्तिको ईशारामा चलेको छ ।’ मधेसमा एमालेलाई निषेधको राजनीति गर्नेहरु जति नै सलबल्याएपनि आफूहरु नतर्सिर्ने महासेठले चेतावनी दिए ।

उनले भने, ‘नाङ्लो ठट्याएर हात्ती तर्साउन खोजेका होलान्, तर एमाले तर्सिनेवाला छैन ।’महासेठले अहिले मधेससमा राजपाको नाममा दिनभरि राजपा र बेलुका खाना खाने समयमा कांग्रेस हुनेहरुको हुल लागेको समेत आरोप लगाए ।

Advertisement

Advertisement

Advertisement