यो साता नेप्सेमा ३८ अंकको झड्का, नेप्से १६ सय अंकबाट फेरि झर्यो

Advertisement

काठमाडौंः यो साता सेयर कारोबार सन्तोषजनक हुन सकेन । सेयर बजार परिसुचक नेप्से झण्डै ३८ अंकले घटेर एक हजार ५८० अंकमा आइपुगेको छ । उद्यपि सेयर कारोबार रकममा भने सात दशमलव चार प्रतिशत बढेर तीन अर्ब ५६ करोड रुपियाँको सेयर किनबेच भएको छ । करिव तीन महिनाअघि नेप्से १६ सय अंक उक्लिएकोमा फेरि झरेको छ ।

समूहगत कारोबारतर्फ सबैभन्दा बढि बीमा समूहमा ३३२ दशमलव ९२ अंकले गिरावट आएको छ भने त्यसपछि क्रमसः होटल समूहमा ४५ दशमलव ६५ अंक, बाणिज्य बैंक समूहमा ३९ दशमलव २५ अंक, जलविद्युतमा ३४ दशमलव ३६ अंक, वित्त समूहमा २६ अंक, विकास बैंक समूहमा नौ दशमलव ४५ अंक, अन्य समूहमा आठ अंकले घटेको छ भने उत्पादनमूलक समूह भने ७१ अंकले बढेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा नौ दशमलव ४२ अंकले घटेर ३३१ दशमलव ३२ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (१८ करोड ४२ लाख ७० हजार रुपैयाँ) को आधारमा छिमेक लघुवित्त विकास बैंक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख २६ हजार कित्ताको आधारमा एनआसी एसिया बैंक अग्रस्थानमा रह्यो भने कारोबार संख्या (सात हजार ८७८ वटा)को आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रह्यो । यो साता कुनै पनि कम्पनीको सेयर नेप्सेमा सुचीकृत भएनन् ।

Advertisement

Advertisement

Advertisement