दशैंपछि एमालेको सरकार, वामदेव प्रधानमन्त्रीः फुँयाल

Advertisement

काठमाडौंः एमाले नेता रामेश्वर फुयाँलले सरकारले संविधान अनुसार निर्वाचन गर्नको लागि आवश्यक काम गर्न भित्रीरुपमै इच्छा नदेखाएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लवमा शनिबार उनले भने, ‘निर्वाचन दुई चरणमा पनि हुन सक्दैन्, सरकारको काम गराई हेर्दा निर्वाचन समयमै नगर्ने छाँट देखियो ।’ नेता फुयाँलले प्रदेश नम्बर २ मा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे ।

उनले भने, ‘मुद्दाका हिसावले पनि मधेश र मधेशी जनताका लागि एमालेले जायज मुद्दाहरु बोकेको छ, त्यसैले एमाले पहिलो पार्टी बन्छ, जनताले बनाएर पठाउँछन् ।’ फुँयालले दशैंपछि एमालेको नेतृत्वमा सरकार बन्ने प्रभव संभावना रहेको दावी गरे ।

उनले थपे, ‘स्वभाविक रुपमा अब सरकारको नेतृत्व एमालेले नै गर्ने हो, यो सरकार विघटन भएपछि एमालेकै नेतृत्वमा सरकार बन्ने हो, एमाले उपाध्यक्ष वामदेव गौतम अबको प्रधानमन्त्री बन्नुहुन्छ ।’

Advertisement

Advertisement

Advertisement