विश्वकप छनोट खेलमा स्पेनसँग इटाली ३–० गोलले पराजित

Advertisement

एजेन्सीः गएराति भएको खेलमा स्पेनले इटालीविरुद्ध सानदार जित निकालेको छ । सन् २०१८ मा रसियामा हुने फिफा विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा स्पेनले इटालीविरुद्ध ३–० को सानदार जीत निकालेको हो ।

समूह ‘जी’ को खेलमा स्पेनलाई जिताउन रियल म्याड्रिडका इस्कोले दुई गोल गरे भने अल्भारो मोराटाले थप एक गोल गरे । खेलको १३औं मिनेटमा फ्रिकिकमार्फत स्पेनलाई अग्रता दिलाएका इस्कोले  ४० औं मिनेटमा दोस्रो गोल गरेका थिए । सर्जियो रामोसको क्रसबाट ७७ औं मिनेटमा अल्भारो मोराटाले गोल गरेका थिए ।

जीतसँगै शीर्ष स्थानको स्पेनले ७ खेलबाट १९ अंक जोडेको छ । स्पेनले अब बाँकी ३ मध्ये १ खेलमा जित निकाल्न सके विश्व कपको यात्रा पक्का गर्ने छ । इटाली १६ अकंका साथ समूहको दोस्रो स्थानमा छ । स्पेन छनोट नजिक पुगेपछि इटालीको सिधैं विश्वकपमा छनोट हुने सम्भावना न्यून बनेको छ ।

यस्तै समूह ‘डी’को अर्को खेलमा खेलमा जर्जीया र आयरल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । सर्बियाले माल्डोभालाई ३–० ले हराउँदा वेल्सले अस्ट्रियालाई १-० ले हराएको छ । जितसँगै सर्बिया समूहमा १३ अंक जोड्दै पहिलो स्थानमा छ । दोस्रो स्थानको वेल्सको ११ र तेस्रो स्थानको अस्ट्रियाको ८ अंक छ ।

Advertisement

Advertisement

Advertisement