गोद्रेजको आकर्षक नगद छुट अफर सार्वजनिक

Advertisement

काठमाडौंः नेपालको लोकप्रिय घरायसी सामग्रीको ब्राण्ड गोद्रेजले दशैं तिहारको उपलक्ष्यमा आकर्षक नगद छुट अफर ल्याएको छ । यो सरल आकर्षक नगद छुट अफर गोद्रेजका सम्पूर्ण घरायसी सामग्री रेफ्रिजिरेटर, वासिङ मेशिन र माइक्रोवेभ ओभनका खरीदमा प्राप्त गर्न सकिने छ ।

यो योजना भदौ १९ गतेदेखि नेपालभरि सीमित अवधिका लागि लागू गरिएको छ । विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनहरुको लागि गोद्रेजले लामो समयदेखि नेपाली ग्राहकहरुको आवश्यकता अनुसारको उत्पादन बजारमा ल्याएर विश्वसनीयता प्राप्त रहेको यी उत्पादनहरु नेपालमा बिक्री गर्दै आएको चौधरी समूहअन्तर्गतको इओएल प्रालिले जनाएको छ ।

विश्वास ५० वर्ष भन्दामाथि रहेको गोद्रेज ब्राण्डमा रेफ्रिजिरेटर ग्राहकको पहिलो रोजाइमा पर्ने गरेकोमा अहिले आएर यसका वासिङ मेशिन, माइक्रो ओभेन र अन्य घरायसी सामग्री रोजाइमा पर्न थालेको कम्पनीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement