आज बिहानै राजधानीबाट ८८ किलो अवैध सुन बरामद

Advertisement

काठमाडौंः महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा टेकुले राजधानीको क्षेत्रपाटीबाट सोमबार बिहान अवैध सुन बरामद गरेको छ । प्रहरीले करिब ८८ किलो अवैध सुन बरामद गरेको हो  ।

सम्भवतः इतिहासकै सबैभन्दा धेरै परिमाणमा अवैध सुन बरामद गरीएको छ । क्षेत्रपाटीस्थित गाडी पार्किङबाट प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेकोे हो । प्रहरीका अनुसार आइतबार राती नै सुन रहेको स्थान र गाडीको पहिचान गरीएको थियो ।

सुन भएको थाहा पाएपछि ढुकेर बसेको प्रहरीे टोलीले आज विहान पार्किङबाट बा १७ च ६४२७ गाडी निकाल्ने क्रममा मनोज अधिकारी नाम गरेको गाडी चालकसहित सुन पक्राउ गरेको जनाइएको छ । यस गिरोहमा संलग्नहरूमाथि अनुसन्धान भइरहेको हुँदा थप जानकारी आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement