युरोपबाट पहिलो बन्दै बेल्जियमले विश्वकप यात्रा पक्का गर्यो

Advertisement

एजन्सीः म्यानचेस्टर युनाइटेडका फरवार्ड रामेलु लुकाकुको निर्णायक गोलमा बेल्जियम आइतबार राति सन् २०१८ को फिफा विश्वकपमा छनोट भएको छ । बेल्जियम युरोपेली संघबाट विश्वकप छनोट हुने पहिलो टिम हो ।

खेलको ७० औं मिनेटमा जान भेर्टोगहेनले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए । त्यसको तीन मिनेटपछि ग्रिसले बराबरी गोल फर्कायो । लुकाकुले थोमस मेउनरको क्रसमा ७४ औं मिनेटमा गोल गरेपछि बेल्जियमले समूह ‘एच’ ग्रिसलाई २–१ ले हरायो र यो जितसँगै बेल्जियम समूहको शीर्ष स्थानमा रहने निश्चित भयो ।

बेल्जियमसँगै अहिलेसम्म ब्राजिल, इरान, जापान र मेक्सिको आउने विश्वकपमा छनोट भइसकेका छन् । रुसले आयोजकका रूपमा स्वतः प्रवेश पाउने छ ।

Advertisement

Advertisement

Advertisement