एलजीले ल्यायो ‘हजुरको पर्व, हाम्रो प्रविधि’

Advertisement

काठमाडौंः एलजी ब्राण्डले यस बर्षको दशैं, तिहार र छठ पर्वको अवसरमा ‘हजुरको पर्व हाम्रो प्रविधि’ नाराका साथ प्रवद्र्धनात्मक योजना ल्याएको छ । यस योजनामा एलजीका हरेक सामग्रीहरुको खरिदमा निःशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एलइडी टेलिभिजन खरिदमा दुई वर्षसम्मको फुल वारेण्टी दिने जनाइएको छ ।

सबै ओलेड टिभीहरु र ६० इन्चभन्दा माथिका युएचडी टिभीमा ३७ हजार ९९० मूल्य पर्ने एसएचपाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडी टिभीमा १५ हजार ९० मूल्य पर्ने म्युजिक फ्लो, ४३ इन्च युएचडी टिभी र ४९ र ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५९० मूल्य पर्ने एलएच ६४बी अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्चभन्दा माथिका नर्मल एलइडी टिभीहरुमा सात हजार १९० मूल्य पर्ने पिएचवान ब्लुटुथ स्पिकर पक्का उपहार स्वरुप राखिएको छ ।

साइड बाई साइड, डोर इन डोर, बटम फ्रिजर रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १९० रुपियाँ मूल्य पर्ने माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा तीन हजार ३३० रुपियाँ मूल्य पर्ने मिक्सर ग्राइन्डर पक्का उपहारको रुपमा राखिएको छ ।

त्यसैगरि फ्रन्ट लोड वासिङ मसिनमा तीन हजार ४४० रुपियाँ मूल्य पर्ने सुपर कुकर र टप लोड अनि सेम अटोमेटिक वासिङमसिनमा एक हजार ११० रुपियाँ मूल्य पर्ने कडाई राखिएको छ । डिस्वासरमा एक हजार पाँचसय रुपियाँ मूल्य बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभओभनमा दुई हजार मूल्य पर्ने कुकिङ किट, र एसीको खरिदमा दुई हजार पाँचसय मूल्य बराबरको फ्रि इन्स्टलेशन जस्ता आकर्षक उपहारहरु सित्तैंमा प्राप्तगर्न सकिने जनाइएको छ ।

चौधरी समूहअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले बिक्री गर्दै आएका एलजीका सामग्रीहरुको यो विशेष अफर भदौ १९ गतेदेखि सीमित अवधिको लागि मात्र लागु गरिएको हो ।

Advertisement

Advertisement

Advertisement