भदौ २९ गतेदेखि 'कृषि व्यापार तथा लगानी प्रदर्शनी र सम्मेलन'

Advertisement

काठमाडौं: काठमाडौंमा कृषि व्यापार तथा लगानी प्रदर्शनी र सम्मेलनको तयारी गरिएको छ । सम्मेलन भदौ २९ देखि ३१ गतेसम्म चल्नेछ ।

कृषिमा कृषि उद्यमकर्ताहरुलाई समर्थन गर्न तथा प्राविधिक, वित्तीय, आपूर्ति बजारीकरण र विक्रिवितरण गर्न सहयोग पुर्‍याउन मेला गर्न लागिएको आयोजकले बताएको छ ।

नयाँ लगानीकर्ताहरुलाई कृषि व्यवसायमा आकषिर्त गर्न मेला गर्न लागिएको आयोजक हाउसअफ राजकणिर्कारले जनाएको छ ।

कृषि मेला कार्यक्रमले दुई आधारभूत रणनीति मार्फत आफ्नो लक्ष्य हासिल गर्नेछ । यो मेलाले व्यवसायिक कृषिका लागि प्राविधिक, वित्तीय जानकारी , जनचेतना जनाउन सहयोग पुग्ने विश्वास लिईएको छ ।

यो मेलामा सहभागी उपभोक्ता, विज्ञ, व्यसायी, आयात तथा निर्यातकर्ता लगायतलाई आपसी ज्ञान र सिप वाड्न र आदान प्रदान गर्न अतिनै उपयुक्तथलो हुने आयोजकले जनाएको छ ।

आर्थिक कारोवारका लागि सरकारी गैरसरकारी उद्यमी, व्यवसायी, स्वदेशी तथा विदेशीलगानीकर्तादेखि कृषक प्रयोग कर्ता आदिलाई सहजहुने विश्वास लिईएको छ ।

मेलामा १२० वटा विभिन्न किसिमका स्टलहरु रहने छन । स्टलहरुमा कृषि, बागवानी, वनस्पती, पोल्ट्री, पशु र नगदे बालीहरुका बारेमा जानाकारी गराइनेछ । मेला करीव ३० हजारले अबलोकन गर्ने आशा राखिएको छ ।

मेलालाई कृषि विभाग, पशुपंक्षी विभाग, अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल कृषि व्यवसाय केन्द्र, नेपाल डेयरी संघ, नेपालचिया र कफी बोर्ड, कृषक र प्रविधि र कृषि टिभी लगायतको सहयोग रहेको छ ।

Advertisement

Advertisement

Advertisement