एनआईसी एशियाले पुनः सुरु गर्यो शेयर धितो कर्जा योजना

Advertisement

काठमाडौं: एनआईसी एशिया बैंकले शेयर धितो कर्जा योजना फेरी सुरु गरेको छ । यसअघि बैंकले लगानीयोग्य पूँजीको कम भएको भन्दै शेयर कर्जा दिन बन्द गरेको थियो ।

सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी प्रक्रिया तथा दुई दिनमै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको बैंकले जनाएको छ । बैंकका अनुसार यस्तो कर्जा बैंकका सम्पूर्ण १२० शाखाहरुबाट उपलब्ध हुने जनाइएको छ ।

यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाख देखि अधिकतम रु १० करोड रुपियाँसम्म आफूसँग रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकृत साधारण तथा संस्थापक शेयर धितो राखी शेयर धितो कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement