टेलिकम डुबाउने खेलमा लाग्ने कर्मचारीलाई कारबाही गर्ने संचारमन्त्रीको चेतावनी

Advertisement

काठमाडौंः आगामी कात्तिक मसान्तभित्र टेलिफोन सेवा सुधार नगरे सरकारले नेपाल टेलिकम प्रशासनलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले टेलिकम डुबाउने काम टेलिकम भित्रकै कर्मचारीहरुबाटै भए, नभएको अनुगमन गरी कार्वाही गर्ने जनाएका हुन् । बस्नेतले टेलिकम भित्रैबाट संस्थालाई डुबाउने कामभइको पाइएमा जो कोहीलाई पनि कार्वाही गर्ने बताएका हुन् । उन्ले संस्थालाई डुबाउने काम नर्गन सबैलाई सचेत समेत गराएका छन् ।

बुधबार नेपाल टेलिकमका प्राविधिकहरुले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले टेलिकमको ठेक्का पट्टाको काम लिएर पनि नगर्ने कम्पनीहरुको सम्झौता रद्द गर्ने चेतावनी समेत दिएका छन् । उनले कर्मचारीहरु सबै एक ढिक्का भएर निश्वार्थ तरिकाले काम गरे टेलिकम मुलुककै समृद्ध संस्था बन्नुका साथै मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउने विश्वास पनि व्यक्त गरेका छन् ।

 

Advertisement

Advertisement

Advertisement