नेपालको मोवाइल बजारमा थप तीन नयाँ ब्रान्डहरु टेक्नो, आइटेल र ओरामियो थपियो

Advertisement

काठमाडौंः विश्वचर्चित मोबाइल उत्पादक तथा कम्युनिकेशन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङले तीन वटा नयाँ ब्रान्डहरु टेक्नो, आइटेल र ओरामियोलाई नेपाली मोबाइल बजारमा भित्र्याएको छ ।

तीनवटै ब्रान्डहरु ट्रान्सन होल्डिङको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलले बिक्री बितरण गर्नेछ । कम्पनीका अनुसार ग्राहकहरुले ओरामियो मोबाइलमा १२ महिनाको वारेण्टी साथै टेक्नोमा १२ प्लस १ महिना र आइटेलमा १२ महिनाको वारेण्टीबाहेक अत्याधुनिक सेवा स्वरुप सय दिनसम्म सट्टा गर्न मिल्ने वारेण्टी सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

यी नयाँ मोबाइलहरुको बिक्री शुभारम्भका अवसरमा बुधबार ट्रान्सन होल्डिङ नेपालका मुख्य प्रबन्ध निर्देशक मार्को माले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना रहेको बताए । उनले ग्राहकहरुको समयअनुसारको मागलाई अझै पनि पूरा गर्न नसकिएको अवस्थामा टेक्नो आइटेल र ओरामियोमार्फत ग्राहकहरुको चाहनालाई परिपूर्ति गर्ने र उनीहरुलाई अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए ।

महालक्ष्मी मोबाइलका जनरल म्यानेजर सन्तोष भण्डारीले यो एउटा महत्वपूर्ण सुरुवात भएको बताए । उनले आफ्नो कम्पनीको नेपाली बजारप्रतिको बुझाइ र विश्वस्तरीय ट्रान्सन कम्पनीको प्राविधिक विशेषज्ञको यो सहकार्यले ग्राहकहरुलाई थप सेवा तथा सुविधाहरु मिल्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

आगामी दिनहरुमा पनि नेपाली मोबाइल बजार र ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर निश्चित रोडम्याप अगाडि बढाएर लैजाने कुरा व्यक्त गर्नुभयो । ट्रान्सन होल्डिङको विश्वभर ५८ वटा देशहरुमा उपस्थिति रहेको छ भने नेपालमा यो कम्पनीले चार वटा टेक्नो स्मार्ट फोनहरु इआई७, सीएक्स एयर, डब्ल्युएक्स३, डब्ल्युएक्स४ पहिलो पटक नेपालमा भित्राएर आफ्नो उपस्थिति जनाएको थियो ।

Advertisement

Advertisement

Advertisement