दशैं तिहारमा सामसङ फोरजी स्मार्टफोन किन्दा एक सेट अप्लाइन्स घर लैजान पाइने

Advertisement

काठमाडौंः सामसङ नेपालले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका विभिन्न सामानहरुको एक सेट होम अप्लाइन्सहरु घर लैजाने अवसर मिल्ने छ ।

यो अफर भदौ १६ गतेदेखि कार्तिक १ गतेसम्म लागू हुनेछ । भाग्यशाली बिजेता भदौं २२ गतेदेखि असोज १० गतेसम्म र असोज १८ गतेदेखि कार्तिक १ गतेसम्म ३५ दिन लगातार छनौट गरिनेछ । यसरी दैनिक एक जनाका दरले ३५ जना भाग्यशालीले पाउनेछन सामसाङ होम अप्लाइन्सहरु घर लैजाने अवसर ।

यस्तो सेटमा ४० इन्चको स्मार्ट टिभी, डबल डोर रेफ्रिजेनेरेटर, पूर्ण अटोमेटिक फ्रन्डलोड बासिङ मेसिन, माइक्रो वेभ ओभन तथा भ्याक्युम क्लिनर रहने छन् । यस योजनामा सहभागी हुन मोबाइलको मेसेजमा गई सामसङ टाइप गरी स्पेस दिई नयाँ फोरजी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ ।

एसएमएस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एसएमएसबाटै ग्राहकलाई मिल्छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेता छनौट गरिने छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेजमा बेलुका प्रत्यक्ष प्रसारण गरी देखाइने जनाइएको छ । लक्की ड्रको अतिरिक्त १०० वा १००० को पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुनेछ ।

साथै, थ्रीजी मोडेलका सामसङ ग्यालेक्सी जे१ नेक्स्ट प्राइम, जे२ र जे१ एसका ग्राहकहले प्रबद्र्धनात्मक एनसेल डाटा प्याक एक हजार दुई सय एमबी (१२ हप्ताको लागि सय एमबी) डाटा प्याक प्राप्त गर्न सकिनेछ । यसका लागि एनसेल टाइप गरी १७१०० मा म्यासेस पठाउनु पर्दछ ।

Advertisement

Advertisement

Advertisement