नेपाल र चीनका परराष्ट्रमन्त्रीको संयुक्त पत्रकार सम्मेलन बेइजिङमा, तातोपानी नाका खुलाउन पहल

Advertisement

काठमाडौः चीन भ्रमण्मा रहेका परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनका परराष्ट्रमन्त्री वाङ यी बीच दुईपक्षीय वार्ता भएपछि बेइजिङमा संयुक्त पत्रकार सम्मेलन भएको छ । महरा बुधबार मात्रै त्यसतर्फ गएका थिए ।

जलबिद्युत उत्पादन र पूर्वाधार निर्माणमा चिनिया लगानी भित्रयाउने उद्देश्यले महराले चीन गएका हुन । वाङसँगको भेटमा महराले क्षेत्रीय र अन्तराष्ट्रिय मञ्चमा नेपाल र चीनको साझा अवधारणा बनाउने प्रस्ताव चीन समक्ष राखेको पत्रकार सम्मेलनमा बताएका थिए । उनले ऊर्जामा सहकार्य बढाउन संवाद संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने जानकारी दिँदै त्यसले ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुल्ने बताए ।

मन्त्री महराले अरनिको राजमार्ग छिटै खुला गर्ने जानकारी पनि दिए । चीनसँगको उक्त मुख्य नाका सुचारु गर्न नेपालले जोड दिँदै आएको छ । साथै उनले यथास्थितिमा रहेका सीमालाई स्तरोन्नती गर्ने र नयाँ सीमा खोल्ने बिषयमा पनि वाङसँग छलफल भएको बताए ।

महरा र वाङबीच नेपाल र चीनबीचको केरुङ(काठमाडौ(पोखरा(लुम्बिनी रेल सेवा चाँडै निर्माण र सञ्चालन गर्न संम्भाव्यता अध्ययन गर्ने बिषयमा पनि कुराकानी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पारवहन तथा यातायात सम्बन्धी सम्झौताको प्रोटोकलको मस्यौदाका बारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

महराले चीनसँगको नेपालको व्यापार असन्तुलनलाई कम गर्न सहयोग पुग्ने कदमका लागि आफूले आग्रह गरेको भन्दै चीनले अगाडि बढाएको वेल्ट एण्ड रोड इनिसियटिभमा जनस्तरको सम्बन्ध, व्यापार, पर्यटन र लगानी प्रबद्र्धन, रेल सेवा र सडकसहित अन्तरदेशीय सीमा सम्पर्कमा बृद्धि, पूर्वाधार संरचना निर्माणको विकासमा योगदान पुग्ने अपेक्षा नेपालले राखेको बताए ।

भेटका क्रममा काठमाडौ बसन्तपुर दरवारलाई नौ तले बनाउनेसहित महत्वपूर्ण अन्वेषणात्मक परियोजनामा खर्च गर्ने गरी चीनले यसै बर्ष दुई अर्व आरएमबी खर्च गर्ने सम्झौता हुनुका साथै नेपालमा पर्यटन प्रवद्र्धन गर्न संयुक्त कदम चाल्न दुवै पक्ष सहमत भएका छन् ।

Advertisement

Advertisement

Advertisement