‘चीनसँग रेलमार्ग जोड्ने नेपालीको तीव्र चाहना’

Advertisement

काठमाडौँ: उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले नेपालको व्यापार प्रवद्र्धनमा टेवा दिने विश्वास व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री महराले आज विदेश मामिला विश्वविद्यालयमा आयोजित नेपाल चीन सम्बन्धका लागि हिमालय सीमापार विषययमा प्रवचन दिँदै एक क्षेत्र एक मार्ग(ओबोर)अन्तर्गत ल्हासा–काठमाडौँ रेलमार्गका लागि नेपाली जनताको तीव्र चाहना भएको बताए ।
उनले दुवै देशका उच्च नेताले यसमा सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरेको अवगत गराउँदै ओबोर नेपाल अति कम विकसित मुलुकबाट विकसित मुलुकका स्तरोन्नति हुन सहयोग पुग्ने बताए । नेपालका विविध क्षेत्रमा वैदेशिक लगानी गर्ने मुलुकमध्ये चीन पहिलो जनाउँदै उनले सञ्चार, पर्यटन, पारवहन, सडक र रेलसम्ममा चिनियाँ लगानी आकर्षित गर्न विगतमा भएका समझदारी पूरा गर्न नेपाल सरकार प्रतिबद्ध छ भने ।

चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री महरा र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभागका मन्त्री सोङ ताओबीच आजै दुई देशका जनतादेखि जनतासम्मको सम्पर्कको प्रवद्र्धन र आपसी हितका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री महराले आजै नेपाली दूतावासको नयाँ वेबसाइट सार्वजनिकीकरण गर्नुभयो । रासस

Advertisement

Advertisement

Advertisement