कतारी राजा र ट्रम्पवीच वार्ता: राजा शेखले भने-नाकावन्दी हटाउन कुटनीतिक पहल खोजौं

Advertisement

दोहा (कतार): कतारका राजा शेख तामिम बिन हमाद अल थानीले खाडी समस्या समाधान गर्न आह्वान गरेका छन् । कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्ता मार्फत् समस्याको समाधान गर्न सकिने उनको भनाइ रहेको कतारको सरकारी समाचार संस्थाले जनाएको छ ।

कतारी राजा हमाद अल थानीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीका क्रममा खाडी समस्याको पछिल्लो अवस्थाका बारेमा छलफल भएको समाचारमा जनाइएको छ । उनीहरु दुवै जनाले क्षेत्रीय सुरक्षा र स्थायीत्वका लागि पनि सरोकारवालालाई राखेर कुटनीतिक तवरबाट समाधान निकाल्नु पर्नेमा जोड दिएका थिए ।

कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्ता मार्फत् समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताएका थिए । उनीहरुकाबीचमा विभिन्न क्षेत्रमा दुई देशको राणनीतिक साझेदारीलाई कसरी अझ बलियो र फराकिलो बनाउने भन्ने बारेमा पनि छलफल भएको छ ।

खाडी राष्ट्रहरूमा देखिएको विवाद सममाधान गर्न भन्दै कुवेतले गत जुन पाँच देखि मध्यस्थकर्ताको रूपमा प्रयास गरिरहेको छ । साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएइ), बहराईन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन् । उनीहरूले जमिन, समुद्र र हवाइ सम्पर्क समेत बन्द गरेका छन् । कतारले आतङकवादीहरूलाई सहयोग गरेको भन्दै ती देशहरूले कतारसँगको नाकावन्दी गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement