सर्वेन्द्रको चक्रपथ सरसफाइमा यस्तो जुक्ति, थुपारिएका माटोको ढिस्को र टहरा हटाइदै

Advertisement

काठमाडौँ: चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्थाको आयोजनामा आज बिहान सरसफाइ गरिएको हो ।

सरसफाइको क्रममा महाशाखा, विभाग, महानगरपालिकालगायतका संघ संस्थाले सडकको किनारामा अवैधरुपमा सञ्चालन गरेका घरटहरा हटाउने, माटोको ढिस्का हटाउने, झाडी हटाउने, ट्राफिक संकेत राख्ने, बस बिसौनीको व्यवस्थालगायतका कार्य गरेका छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर र हराभरा चक्रपथ क्षेत्र निर्माण गर्नका लागि महाशाखाले विभिन्न संघ संस्थाको सहयोगमा तीन हप्तादेखि चक्रपथ सफाइ अभियान तीव्रताका साथ सञ्चालन गरेको जानकारी दिए । उनले शुरुको समयमा महाराजगञ्जदेखि कलंकीसम्म सरसफाइ गरिने र त्यसपछि काठमाडौँमा भित्री सडकमा सञ्चालन गरिने बताए ।

[caption id="attachment_41389" align="alignleft" width="650"] फोटो सौजन्य: ग्रीन सिटी अस्पताल[/caption]

महाशाखाले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी क्षेत्रमा सरसफाइ गर्ने तथा जथाभावी रोकेर यात्रु चढाउने तथा ओराल्ने सवारीसाधनमाथि विशेष निगरानी गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement