दशैंका लागि मंगलबारदेखि टिकट बुकिङ, यात्रुलाई असहज हुनेगरी सामान हाल्न नपाइने

Advertisement

काठमाडौंः दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको मन्त्री, राज्यमन्त्री, यातायात व्यवस्था विभागका महानिर्देशक र यातायात व्यवसायीको बैठकमा यस्तो सहमति जुटेको हो ।

बैठकमा मन्त्री वीरबहादुर बलायरले बिग्रेको सडक डोजर, स्काभेटरलगायत यन्त्रको सहयोगले मर्मत गरेर सञ्चालन गर्न सकिने तर भाडा बढाउन नसकिने अडान राखेको उनका प्रेस संयोजक रमेश जोशीले जानकारी दिए ।

लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान छतमा राख्न दिएपनि खसी, बोकालगायत यात्रु छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमतिसमेत भएको छ । विगतका बर्षमा यातायात व्यवसायीले पैसाका लागि यात्रुभन्दा धेरै सामान ओसार्ने गरेकाले त्यसलाई नियमन गर्ने प्रयास गरिएको हो ।

बैठकमा राज्यमन्त्री सीता गुरुङ, विभागका महानिर्देशक रुपनारायण भट्टराई, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कावा अध्यक्ष दोलनाथ खनाल र महासचिव सरोज सिटौला सहभागी थिए ।

सहमतिको अनुमगन गर्न विभागका महानिर्देशक भट्टराईको सदस्यतामा पाँच सदस्यीय समिति गठन गरिएको छ । यस बर्ष यातायात बुकिङ ढिलो हुँदा दशैंका लागि घर जाने यात्रुहरुले टिकट काटन् पाएका छैनन् ।

Advertisement

Advertisement

Advertisement