दशैंअघि साधारणसभा गर्ने आठ कम्पनीले दिंदै छन् नगद तथा सेयर लाभांश

Advertisement

काठमाडौं: दशैं मुखैमा आइसक्दा विभिन्न आठ कम्पनीहरुले लाभांश र बोनसको घोषण दिने गरी आ-आफ्नो साधारण सभा गर्ने तयारी गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत विभिन्न आठ कम्पनीहरुले भदौ ३० अघि नै वार्षिक साधारण सभाको घोषणा गरेका छन् ।

यहि क्रममा एनआइसी एसिया र अरुण भ्याली हाइड्रोपावरले भदौ ३० गते वार्षिक साधारण सभाको मिति तय गरेका छन् । यी कम्पनीले क्रमश : २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश तथा १० प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेका छन् ।

यस्तै, असोज ४ गते वार्षिक साधारण सभा डाँकेको न्याग्दी ग्रुप पावरले १० प्रतिशत बोनस, ०.५ प्रतिशत नगद र ३० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव गरेको छ । फस्र्ट माइक्रोफाइनान्सको आसोज आठ गते बस्ने सभाले १५ प्रतिशत बोनस सेयर र २ बराबर १ अनुपात हकप्रद दिने भएको छ ।

सिटिजन्स बैंकले पनि असोज ९ गते वार्षिक साधारण सभा घोषणाको मिति गरेको छ । बैंकले १६ प्रतिशत बोनस सेयर ०.८५ नगद लाभांश दिने भएको छ ।

यता, नबिल बैंक, एनबी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले असोज १० गते बार्षिक साधारण सभा गर्ने भएको छ । नेकोले १० प्रतिशत बोनस सेयर र २ बराबर १ अनुपातमा हकप्रद सेयर प्रस्ताव गरेको छ । नबिल बैंकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने भएको हो । एनबी इन्स्योरेन्स कम्पनीले भने १० बराबर ८ अनुपातमा हकप्रद सेयर प्रस्ताव गरेको छ ।

कम्पनीहरुले घोषणा गरेको बोनस सेयरबाट प्रतिफल पाउन बोनस सेयर नेप्सेमा सूचीकरण हुनुपर्दछ । तर, नगद लाभांश भने साधारण सभा सम्पन भएपछि नै पाउने छन् ।

Advertisement

Advertisement

Advertisement